Logo

काेभिड–१९ बाट मृत्यु हुनेहरूकाे सङ्ख्या २७०० नाघ्याे



Spread the love

एजेन्सी । कोभिड–१९ अर्थात् कोरोना भाइरसको कारण चीनमा ज्यान जानेहरुको सङ्ख्या २,७१५ पुगेको पिपल्स डेली चाइनाले बताएको छ ।

कोरोना भाइरसबाट संक्रमित हुनेहरुको सङ्ख्या ७८,०६४ पुगेको छ । अस्पतालबाट डिस्चार्ज भएर घर जानेहरुको सङ्ख्या भने २९,७४५ रहेकाे छ ।

इटालीमा ३२३ जनामा काेराेनाकाे संक्रमण देखिएकाे छ भने ११ जनाकाे मृत्यु भइसकेकाे छ । दक्षिण काेरियामा काेराेनाकाे कारणले ११ जनाकाे मृत्यु भइसकेकाे छ भने १,१४६ जना संक्रमित भएका छन् ।

अल्जेरिया, ब्राजिल र स्वीट्जरल्यान्डमा पनि पहिलाे पटक एक–एक जनामा काेराेना भाइरस देखिएकाे छ । यसै गरी अष्ट्रियामा २ जनामा देखिएकाे छ । इराकमा ५ जनामा काेराेना भाइरसकाे संक्रमण देखिएकाे पुष्टि भएकाे छ

प्रतिक्रिया दिनुहोस्