Logo

अनमोल केसी पारसमा देखिंदै



Spread the love


काठमाडौं । टर्न वाग्लेको निर्देशनमा बन्न लागेको नेपाली कथानक चलचित्र पारसमा अनमोल केसीले अभिनय गर्ने भएका छन् । केसीले सम्झौता पत्रमा हस्ताक्षर पनि गरिसकेका छन् ।

पारस चलचित्रलाई भुवन केसीले निर्माण गर्नेछन् । अहिले अनमोल ए मेरो हजुर–४ मा व्यस्त छन् । सोही चलचित्रको छायांकन सकेपछि पारसको छायांकन थालनी हुनेछ ।

चलचित्रको स्क्रिप्ट प्रदीप भारद्धाजले लेखेका हुन् । चलचित्र पारस वाग्लेले निर्देशन गरेको पहिलो चलचित्र हुनेछ । यसभन्दा अघि उनले निर्माताको रुपमा लामो समयसम्म काम गरिसकेका थिए ।

प्रतिक्रिया दिनुहोस्