Logo

नागराज मन्जुलेसँग काम गर्न चाहन्थेँ– रितेश देशमुख



Spread the love


एजेन्सी । पछिल्लो समय बलिउड सुपरस्टार रितेश देशमुखलाई अभिनय गर्न भ्याइ नभ्याइ छ । मर्जावानमा खलनायकको भूमिकामा देखिएका रितेश देशमुख एक्सन चलचित्र बाघी–३ मा प्रहरीको भूमिकामा फर्किएका थिए ।


रितेश देशमुख सैरतमा चलचित्र रिलिज गर्नुभन्दा पहिला पनि नागराज मन्जुलेसँग काम गर्न चाहन्थे । अब उनी शिजजी महाराजको जीवनमा आधारित बन्ने ट्रिओलोजीमा देखिनेछन् । जुन चलचित्र नागराज मन्जुलेले निर्देशन गर्नेछन् । चलचित्र यसै वर्ष रिलिज हुनेछ ।


मुम्बइ मिररका अनुसार देशमुखले भने,“जब मैले नागराजले निर्देशन गरेको पहिलो चलचित्र फैन्ड्री हेरेँ तबदेखि उनीसँग काम गर्न चाहन्थेँ । उनले पनि छत्रपति शिवजी महाराजमा आधारित रहेर चलचित्र बनाउन चाहन्थे । जब हाम्रो भेट भयो, तब एक अर्काका चाहनाहरु पुरा भए ।”


रितेश देशमुखले सन् २००३ मा रिलिज भएको चलचित्र तुझे मेरी कसमबाट बलिउडमा डेब्यू गरेका थिए । उनले मस्ती, क्या कुल हे हम अनि हाउसफुलजस्ता चलचित्र सिरिजमा पनि अभिनय गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्