Logo

लाइभ अपडेट : कोरोना भाइरस

विश्वमा कोरोना भाइरस
मृत्यु
३५२,२२७
संक्रमित
५,६८५,९३८
निको भएका
२,४३०,७८६
नेपालमा कोरोना भाइरस
मृत्यु
संक्रमित
१,०४२
निको भएका
१८७

नेपाल टेलिकमको नयाँ एप्लिकेशन सार्वजनिक



नेपाल टेलिकमका मोबाइल प्रयोगकर्ताले अब लाइभ टिभी, चलचित्र र विभिन्न विधाका भिडियो तथा एफएम एउटै मोबाइल एप्समार्फत हेर्न तथा सुन्न सक्ने भएका छन् । यस्तो सेवा उपलब्ध गराउने एप्स ‘वाउटाइम’ (WOWTIME) मंगलबारबाट सञ्चालनमा आएको छ । नेपाल टेलिकम र विन नेपाल प्रालिको सहकार्यमा एप्स सञ्चालनमा आएको हो । एप्समार्फत लाइभ टिभी, मुभी तथा भिडियो हेर्न र एफएम सुन्न सकिन्छ । लाइभ टिभीमा नेपाली, हिन्दी तथा विदेशी भाषाका विभिन्न विधाका च्यानल हेर्न सकिन्छ ।  त्यसैगरी विभिन्न विधाका मुभी, म्युजिक भिडियो तथा टिभी शोहरु पनि हेर्न सकिन्छ । नेपालमा उपलब्ध एफएम रेडियोसमेत यही एप्समार्फत सुन्न सकिन्छ ।यो सेवा नेपाल टेलिकमका जीएसएम तथा सीडीएमएका प्रिपेड/पोष्टपेड ग्राहकलाई मात्र उपलब्ध हुने टेलिकमले जनाएको छ । अहिलेलाई दसैँ तिहारको अवसरमा पहिलो एक महिनाको लागि एप्स सब्स्क्रिप्सन गर्दा लाग्ने उपभोक्ता शुल्क नलिई सेवा उपलब्ध गराइएको पनि टेलिकमले जनाएको छ । एक महिना पछि भने ग्राहकले शुल्क तिरेर दैनिक, साप्ताहिक वा मासिक रुपमा सेवा प्राप्त गर्न सक्नेछन् । यो मोबाइल एप्समार्फत उपलब्ध हुने सेवा वाइफाई प्रयोग गरेर तथा मोबाइल डाटा प्रयोग गरेर पनि उपयोग गर्न सकिन्छ । ‘वाउटाइम’ मोबाइल एप्स गुगल प्ले स्टोर तथा एप्पल एप स्टोरबाट डाउनलोड गर्न सकिन्छ ।

प्रतिक्रिया दिनुहोस्