Logo

घर फोहोर हुन्छ र सूर्यको प्रकाश पुग्दैन भने बढ्छ नकारात्मकता!



Spread the love

एजेन्सी । घरमा राखिएको वस्तुका लागि शुभ–अशुभ दिशाबारे वास्तुमा जानकारी दिइएको हुन्छ । वास्तुमा नकारात्मकतालाई टाढा राख्न र सकारात्मकता बढाउने टिप्स पनि बताइएको छ ।
– घरको मेन गेट र भित्रका कोठा सधैं सफा राख्नुपर्छ । मेन गेटमा राती पनि पर्याप्त प्रकाश हुनुपर्छ । यस्तो गर्दा घरमा सकारात्मक ऊर्जा बढ्छ ।
– दिनभरी कुनै पनि बेला घरमा सूर्यको प्रकाश आउँदैन भने नकारात्मकता रहिरहन्छ ।
– मुख्यद्वारमा भगवान गणेशको मूर्ती वा तस्बिर राख्नुपर्छ । ढोकामा ॐ पनि लेख्न सकिन्छ । यी शुभ चिन्हले घरमा सकारात्मकता रहिरहन्छ ।
– सूर्यास्तपछि घरलाई अँध्यारो पार्नु हुँदैन ।
– घरमा बादविवादको स्थिती पैदा हुन दिनु हुँदैन । शान्ति स्थापित गर्नुपर्छ । झैझगडाले नकारात्मकता बढाउँछ ।
– घरको आसपास कुनै सुख्खा रुख वा ठुटो छ भने त्यो तुरुन्त हटाउनुपर्छ ।
– दैनिक बिहान चाँडै उठाउनुपर्छ र नुहाएपछि सूर्यलाई जल चढाउनुपर्छ । बिहान बेलुकी घरमा केही बेरका लागि मन्त्र जप गर्नुहोस् ।

प्रतिक्रिया दिनुहोस्