Logo

प्रदेश २ का ११९ स्थानीय तहमा मतगणना जारी



Spread the love

काठमाडौँं, असोज ३ गते । स्थानीय तहको तेस्रो चरणको निर्वाचनअन्तर्गत प्रदेश नं २ का आठ जिल्लाका १३६ स्थानीय तहमा यही असोज २ गते भएको निर्वाचनको हालसम्म प्राप्त विवरणानुसार ११९ स्थानीय तहमा मतगणना जारी छ ।

निर्वाचन आयोग, संयुक्त निर्वाचन सञ्चालन केन्द्र (जेइओसी) बाट प्राप्त विवरणानुसार आज अपराह्न १ बजेसम्ममा बाँकी रहेका सप्तरीका चार, सिरहाको एक, धनुषाका दुई, महोत्तरीका दुई, सर्लाहीको एक, रौतहटको एक, बाराको एक र पर्साका चार स्थानीय तहमा मतगणनाको तयारी भइरहेको छ ।

सो प्रयोजनका लागि सम्बन्धित स्थानीय तहका राजनीतिक दलसँग समन्वय गर्ने कार्य भइरहेको जानकारी प्राप्त भएको आयोगका प्रवक्ता नवराज ढकालले बताउनुभयो । (रासस)

प्रतिक्रिया दिनुहोस्