Logo

खाना पछि किन खाने गुलियो ?



Spread the love

एजेन्सी । पहिलेदेखि नै कुन समयमा कति मात्रामा खाना खाने भन्ने बारेमा पूर्खाहरु समेत निकै सचेत रहेको पाइन्छ । यति हुँदाहुँदै पनि हामीहरुको खाना खाने विधि र प्रक्रिया आफ्नै किसिमको हुन्छ । यसबारेमा हिन्दु धर्मशास्त्र र आयुर्वेदमा पनि राम्रोसँग उल्लेख गरिएको छ ।खाना खानु अघि किन खाने पिरो ?
खाना खानुभन्दा पहिले पिरो खानेकुरा खानु स्वास्थ्यको लागि राम्रो मानिन्छ । किनभने यसले तपाईंको पाचन प्रणालीलाई सक्रिय बनाउन मद्दत गर्छ ।
यस प्रकार छन् खान पछि गुलियो खानुको फाइदाहरु
हामीले खानाको अन्तिममा हामीले गुलियो खाना खाने गर्छौं । जसले पाचन प्रक्रियालाई सुस्त गराउने गर्छ । त्यसैले खाना पकाएपछि गुलियो खाना खाने गरिन्छ । मिठाईहरू खाँदा सेरोटोनिन नामको हर्मोनको स्तर बढ्छ । यसले न्यूरो ट्रान्समिटरको रूपमा काम गर्दछ । जसले हामीलाई खुशीको अनुभव गराउन मद्दत गर्छ । मिठाईको रुपमा कहिलैपनि सेतो चिनी मात्रै खानु हुँदैन । यो स्वास्थ्यको लागि हानिकारक हुन्छ । यसबाट तयार पारिएको अरु मिठाईहरु समेत सकेसम्म कम गर्नुपर्छ । यसले मोटोपना र अन्य स्वास्थ्य जटिलताहरु निम्त्याउन सक्छ ।

प्रतिक्रिया दिनुहोस्