Logo

काेभिड–१९ बाट चीनमा २,७८८ जनाकाे मृत्यु



Spread the love

एजेन्सी । कोभिड–१९ अर्थात् कोरोना भाइरसको कारण चीनमा ज्यान जानेहरुको सङ्ख्या २,७८८ पुगेको पिपल्स डेली चाइनाले बताएको छ ।

कोरोना भाइरसबाट संक्रमित हुनेहरुको सङ्ख्या ७८,८२४ पुगेको छ । अस्पतालबाट डिस्चार्ज भएर घर जानेहरुको सङ्ख्या भने ३६,११७ रहेकाे छ ।

बेलारस, लिथुनिया, नेदरल्यान्ड र निगेरियामा पनि काेराेनाकाे पहिलाे केस देखिएकाे छ । दक्षिण काेरियामा काेराेनाबाट संक्रमित हुनेहरूकाे सङ्ख्या २०२२ पुगेकाे छ । इटालीमा ६५३ जनामा काेराेना संक्रमित भएकाे पुष्टि भएकाे छ ।

प्रतिक्रिया दिनुहोस्