Logo

क्वारेन्टाइनमा राखिएका १ सय ९३ जनाको पुनः स्वास्थ्य परीक्षण



Spread the love

काठमाडौं । भक्तपुरको क्वारेन्टाइनमा राखिएका १ सय ९३ जनाको पुनः स्वास्थ्य परीक्षण गरिने भएको छ ।

चीनको वुहानबाट ल्याइएका १ सय ७५ जना र उनीहरुलाई लिन गएका नेपाल वायुसेना निगमको जहाज चालकसहित १८ जनालाई कोरोना भए नभएको निक्र्यौल गर्न शनिबार स्वास्थ्य परीक्षण गर्न लागेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

वुहानबाट नेपाल ल्याइसकेपछि भक्तपुरको क्वारेन्टाइनमा राखेको आज १३ दिन पुगिसकेको छ । यस भन्दाअघि चैत ४ गते पनि उनीहरुको स्वास्थ्य परीक्षण गरिएको थियो ।

भोलि पनि स्वास्थ्य परीक्षण गरी कारोना नभएको पुष्टिपछि सबैलाई घर पठाइनेछ । विश्व स्वास्थ्य संघका अनुसार दुई सातापछि पुनः स्वास्थ्य परीक्षण गर्नुपर्दछ । कोरोना भएको १४ दिनपछि लक्षण देखिने भएकाले दोस्रो पटक स्वास्थ्य परीक्षण गर्न लागिएको हो ।

प्रतिक्रिया दिनुहोस्