Logo

बलिउडको सुख्खा फेब्रुअरी



Spread the love


एजेन्सी । नयाँ वर्षको सुरुवातसँगै बलिउडले सङ्घर्ष त गर्यो तर बक्स अफिसमा फल पाउन सकेन । पहिलो महिना अजय देवगण र सैफ अली खान अभिनित चलचित्र तानजीले भने बक्स अफिसमा आफ्नो कमाल देखाएको थियो । तर फेब्रुअरी भने त्यति सफल हुन सकेन । फेब्रुअरी महिना दर्शक र बक्स अफिस दुबैमा हिन्दी चलचित्र उद्योगले आफ्नो छाप पार्न सकेन ।

फेब्रुअरीको सुरुवातसँगै आदित्य रोय कपुर र दिशा पटानीको अभिनय रहेको चलचित्र मलाङ्ग रिलिज भएको थियो । चलचित्रमा अनिल कपुर र कुनाल खेमुको पनि अभिनय रहेको छ । मलाङ्गले बक्स अफिसमा ६० करोड बनाउन सफल भयो । नयाँ सालमा तानजीपछि मलाङ्गले बक्स अफिसमा अरुको तुलनामा केही अगाडि छ । आदित्य रोयका यसभन्दाअघिका दावत ए इश्क, ओके जानु र कलंकले बक्स अफिसमा छाप पार्न सकेका थिएनन् तर मलाङ्गले भने उनलाई केही भए पनि राहत दिएको छ ।

फेब्रुअरी १४ अर्थात् भ्यालेन्टाइन डेको दिन कार्तिक आर्यन र सारा अली खानको अभिनय रहेको चलचित्र लभ आजकल रिलिज भएको थियो । जसको प्रतिक्षा धेरैले गरेका थिए । सुरुको दिन केही कमाइ गरेपनि दर्शकको मन तान्न सकेन ।

गत शुक्रबार आयुष्मान खुरानाको शुभ मंगल ज्यादा सावधान र विक्की कौशलको भूत रिलिज भएका थिए । दुबै चलचित्रले बक्स अफिसमा राम्रो कमाइ गर्नसक्ने आश गरिएको थियो तर आशाले साकार रुप पाएन ।

ताप्सी पन्नुको थप्पड आज रिलिज भएको छ र समीक्षकहरुबाट राम्रो प्रतिकृया पाएको छ । थप्पडले पनि बक्स अफिसमा राम्रो कमाइ गर्ने आश देखिएको छैन ।

फेब्रुअरी सुख्खा भए पनि मार्च महिनामा भने बक्स अफिसमा टाइगर श्राफ अभिनित बाघी–३ र अक्षयकुमार, अजय देवगण र रणवीर कपुर अभिनित चलचित्र सूर्यवंशीले बक्स अफिस आफ्नो पकडमा राख्न सक्ने अनुमान गर्न सकिन्छ ।

प्रतिक्रिया दिनुहोस्