Logo

कैथीमा अजय देवगणको प्रमुख भूमिका



Spread the love


एजेन्सी । तमिल चलचित्र कैथीको हिन्दी रिमेकमा अजय देवगणको प्रमुख भूमिका रहने भएको छ । अजय देवगणले ट्विट गर्दै आफूले हिन्दी रिमेक चलचित्र कैथीमा काम गरिरहेको बताउँदै रिलिज डेट पनि सार्वजनिक गरेका छन् ।

पछिल्लो समयमा बलिउडमा हिन्दी रिमेकको भूत सवार भएको छ । कबिर सिंहको अपार सफलतापछि धेरै निर्देशक तथा निर्माताहरु हिन्दी रिमेक बनाउन जुर्मुराइरहेका छन् ।

कैथीको हिन्दी रिमेक यस महिनाको सुरुमा हुने भनी घोषणा गरिएको थियो तर कलाकारको बारेमा भने कुनै टुङ्गो लागेको थिएन । चलचित्रमा हृतिक रोशन, सलमान खान लगायतका कलाकारहरुको अभिनय हुन सक्ने लख काटिएको थियो ।

चलचित्र सन् २०२१ को फेब्रुअरी १२ मा रिलिज हुनेछ ।

प्रतिक्रिया दिनुहोस्