Logo

ए मेरो हजुर–४ को छायांकन सुरु



Spread the love


काठमाडौं । नेपाली कथानक चलचित्र ए मेरो हजुर–४ को छायांकन सुरु भएको छ । शुक्रबार कार्यविनायक मन्दिरमा पूजा गरेर छायांकनको सुरु गरिएको हो ।

चलचित्रमा अनमोल र सुहाना थापाको प्रमुख भूमिका रहनेछ । चलचित्रलाई झरना थापाले निर्देशन गर्दैछिन् । चलचित्रको दोस्रो भागमा अनमोल केसी र सुहानाले अभिनय गरेका थिए ।

पोखरा, काठमाडौं र ललितपुरमा गरी ३० दिनसम्म चलचित्रको छायांकन गरिनेछ । यसका साथै यूरोपमा पनि खिच्ने तयारी रहेको छ । चलचित्रको प्रदर्शन दशैंताका हुने चलचित्र निर्माण टोलीले बताएको छ ।

प्रतिक्रिया दिनुहोस्