Logo

घोराही बेसहारा सडक मानवमुक्त घोषित



Spread the love

१६ फागुन, काठमाडाैँ – घोराही उपमहानगरपालिकालाई बेवारिसे सडक मानवमुक्त नगर घोषणा गरिएको छ । ‘मानवले मानवलाई मानवका रुपमा माया, ममता र सहयोग गरौँ’ भन्ने नाराका साथ उपमहानगरलाई आज बेवारिसे सडक मानवमुक्त नगर घोषणा गरिएको हो ।

बेवारिसे सडक मानवमुक्त नगर घोषणा कार्यक्रमलाई सम्बोधन गर्दै पूर्वसभामुख कृष्णबहादुर महराले कुनै पनि व्यक्तिलाई परिवारले नै घरमा माया, ममता र संरक्षणका साथ राख्नुपर्ने सन्देश दिनुपर्ने बताए । समाजबाट नै बेवारिसेका रुपमा मानव सडकमा आउने भएकाले जनचेतना जगाउन आवश्यक रहेको उनको भनाइ थियो ।

नगरप्रमुख नरुलाल चौधरीले कोही पनि व्यक्तिलाई सडकमा आउन नदिन परिवार जिम्मेवार हुनुपर्ने बताए । बेसहाराको सहारा दिने सरकार र आम नागरिक हुने भए पनि परिवारबाटै संरक्षण हुन आवश्यक रहेको उनको भनाइ थियो । आफ्ना परिवारका सदस्यको उचित स्याहारसुसार र मायाममता वृद्धि हुन आवश्यक रहेको उनले बताए ।

कार्यक्रममा नील सागर सेवा आश्रमसहित १३ अभियानकर्मीलाई प्रशंसापत्रसहित सम्मान गरिएको थियो । घोषणासभा पूर्वनगर परिसरबाट बाजागाजा र झाँकी सहितको जुलुसले बजार परिक्रमा गरेको थियो । गत पुस ४ गतेदेखि थालिएको मानव उद्धार कार्यक्रममा नगर क्षेत्रबाट १४ जनाको उद्धार गरेर नील सागर सेवा आश्रम सिसहनियामा राखिएको छ ।

प्रतिक्रिया दिनुहोस्