Logo

माओवादीले अग्रता लिएका बेला एमाले सांसद धाँदली गर्न आएको भन्दै झडप



Spread the love

रौतहटको बृन्दावन नगरपालीको मतगणनास्थलमा एमाले सांसद रामकुमार भट्टराई पुगे पछि धाँदली गर्न आएको भन्दै अन्य दलले नाराबाजी गरेपछि झडप भएको थियो ।स्थिति अहिले पनि तनावग्रस्त छ र मत गणना स्थगित भएको छ ।

यसअघि बिहान पनि मतपत्र राम्ररी नदेखाएको भन्दै एमालेका प्रतिनिधिले विवाद झिकेपछि केहीबेर मतगणना रोकिएको थियो । अहिले त्यहाँ गरुडाबाट थप सुरक्षाकर्मी गएको छ ।

सांसद भट्टराईसँगै गएका एमालेका युवा नेता दिपक रेग्मीका अनुसार मतपत्र बढी देखिएकाले मतपत्र पुन: गणना गर्नुपर्ने एमालेका मेयरका उम्मेदवार बिनोद पटेलले अडान राखेपछि मतगणनास्थल भित्र विवाद सुरु भएको थियो ।

प्रतिक्रिया दिनुहोस्