Logo

पारित भयो बालबालिका अधिकारसम्बन्धी विधेयक



Spread the love

१८ फागुन, विराटनगर – ‘प्रदेश नं १ को बालबालिकाको अधिकार सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, २०७६’ माथि विचार गरियोस् भनी प्रस्ताव सर्वसम्मतिबाट पारित भएको छ । प्रदेशसभाको आजको बैठकमा प्रदेशसभा नियमावली, २०७४ को नियम ९३ बमोजिम सामाजिक विकास राज्यमन्त्री जसमाया गजमेरले सो प्रस्ताव सदनमा पेश गरेका छन् ।

विधेयकको सैद्धान्तिक छलफलमा प्रदेशसभा सदस्य कुलप्रसाद साँवाले विधेयकले बालगृह तथा बालआश्रमको विषयमा पनि बोल्नुपर्ने भन्दै विद्यालय तहमा पोषण कार्यक्रम सञ्चालन गर्न विधेयकमा व्यवस्था हुनुपर्ने माग गरे । सदस्य जयराम यादवले विधेयक अत्यन्त राम्रो रहेको र यसबाट बालबालिका लाभान्वित हुने विश्वास व्यक्त गरे । अर्का सदस्य शान्ता पौडेलले तीन वर्षमुनिका बालबालिकालाई पौष्टिक आहारको व्यवस्था भएमा लक्षित वर्ग लाभान्वित हुनेछन् भने ।

यसअघि बैठकको शून्य समयमा सांसदहरुले नोबेल कोभिड–१९ भाइरसबाट आम नागरिकलाई सुरक्षित राख्न प्रदेश सरकारले पूर्वतयारी गर्न तथा विभिन्न सडकको स्तरोन्नतिका लागि ध्यानाकर्षण गराएका थिए । प्रदेशसभाको अर्को बैठक यही फागुन २२ गते अपराह्न १ बजे बस्नेछ ।

प्रतिक्रिया दिनुहोस्