Logo

‘छक्का पन्जा २’ सँगै आउने भयो ‘मेरो पैसा खोई’



Spread the love

असोज ११ गते बाट दुई नेपाली फिल्म एकसाथ प्रदर्शनमा आउने भएका छन्। छायाँकनको समय देखि नै असोज ११ लाई प्रदर्शन मिति तय गरेको फिल्म  छक्का पन्जा २ र हिजो मात्र प्रदर्शन मिति तय गरेको फिल्म  मेरो पैसा खोई  एक साथ प्रदर्शनमा आउन लागेका हुन्। प्रदर्शनको एक हप्ता मात्र बाकीं रहँदा फिल्म मेरो पैसा खोईले आफ्नो प्रदर्शन मिति तय गरेको हो।बहुप्रतिक्षित् चलचित्र ‘छक्का पन्जा२’ दिपक-दिपाले निर्माण गरेका हुन्। चलचित्रले केहि समय अघि नै ट्रेलर र २ वटा गीत सार्वजनिक गरेर चर्चामा छ भने चलचित्र ‘मेरो पैसा खै?’ अभिनेता तथा निर्माता रोज राणाले निर्देशन गरेको चलचित्रलाई बलिउडका निर्देशक विवेक शर्माले बिचबाटै फिल्म निर्देशनबाट हात झिकेपछि निर्माता राणाले चलचित्र ‘मेरो पैसा खै?’को निर्देशन गरेका थिए ।

चलचित्र ‘मेरो पैसा खै?’का वितरक सुनिल मानन्धरले असोज ११ गतेनै चलचित्र प्रदर्शन हुने जानकारी दिएका छन। कमेडी जनराको चलचित्रमा सौगात मल्ल, रबिन तामांग , छुल्ठिम गुरुगं, बुद्धि तामांग, बर्षा राउत लगायत कलाकारहरुको अभिनय रहेको छ । चलचित्र ‘छक्का पन्जा २’ का निर्माण टिम भने यतिबेला मोफोसल प्रचारप्रसारमा ब्यस्त छन् । यी दुवै चलचित्रमा अभिनेत्री बर्षा राउतको भूमिका रहेको छ ।

प्रतिक्रिया दिनुहोस्