Logo

कविता



Spread the love

 

balaram timalsina biplabभर्खरै हो ढेडु धपाई आएँ खोला तारी साइँला !
एता रुँघ्यो उता चौपट यो खोरिया बारी साईला !!

घुँयत्रोले ढुंगा हान्दै सीमानामा रुँघिबस्यो !
टौवाभित्रै स्वाहा पार्ने हुन्छन धुन्दुकारी साइँला !!

चरा मुसा लोखर्के र वॉदरको विगविगी भो
फुर्सदको कमी हुँदा लहरिए दाह्री साइँला !

मेरो देशको हालत र यो खोरिया उस्तै भयो
कैले आउँछन शाकाहारी कैले मांसाहारी साइँला !

खेतीपाती मैले गर्ने भूँडी भर्ने अर्कै भए
यो खोरिया के गरेर होला सम्म टारी साइँला ?

स्वीट ड्रिम कर्नर

 

प्रतिक्रिया दिनुहोस्