Logo

जन्मदिनको अवसरमा धुर्मुसले चौँथो बस्ती शिलान्यास गरे



Spread the love

सन्तपुरका बाढीपीडितलाई ५ करोड ७५ लाखको घर बनाइदिने

जन्मदिनको अवसरमा हास्यकलाकार सीताराम कट्टेल धुर्मुस र उनकी धर्मपत्नी कुञ्जना घिमिरे सुन्तलीले चौँथो बस्ती शिलान्यास गरेका छन् । आफ्नो जन्मदिनमा रौतहट, चन्द्रपुर नगरपालिका– ८ सन्तपुरका ४५ घर दलित परिवारका लागि ४५ आवासीय घर बनाउन लागेको कट्टेलले जानकारी दिए ।

५ करोड ७५ लागत अनुमानित गरिएको बस्ती एकीकृत स्वरूपको हुने उनको भनाइ थियो ।

“बस्तीमा ४५ आवासीय घर, १ भ्यु टावर, १ सामूदायिक भवन, १ मन्दिर, सार्वजनिक धाराहरु र शौचालयहरू बन्नेछन् । र आज असोज ४ गतेबाट सुरू भई माघको २४ गते परियोजना हस्तान्तरण हुनेछ,” उनले प्रष्ट्याए ।

एकीकृत नमुना सन्तपुर बस्तीको शिलान्यास त्यहीँकी १०७ वर्षीय वयोवृद्ध रामकलिया देवी हजाराको हातबाट गरिएको उनको भनाइ थियो ।

तस्बिर : धुर्मुस सुन्तली फाउन्डेसन

प्रतिक्रिया दिनुहोस्