Logo

माधवकुमार नेपालकै वडामा एमाले पराजित



Spread the love


नेकपा एमालेका वरिष्ठ नेता तथा पूर्व प्रधानमन्त्री माधव कुमार नेपालको वडामा नेकपा (एमाले) पराजित भएको छ । पूर्व प्रधानमन्त्री नेपालको वडामा राजपा नेपालको प्यानल नै विजयी भएको छ ।

नेपालको घर रौतहटको गौर नगरपालिका वडा नम्बर २ मा पर्छ । सो वडाध्यक्षमा राजपाका उम्मेदवार राकेशकुमार झाले एमालेका उम्मेदवार रामपरीक्षण राय यादवलाई २ सय २३ मतले पराजित गरेका छन् ।

राजपा उम्मेदवार झाले ३ सय ७३ मत प्राप्त गरेका छन् भने एमालेका उम्मेदवार यादवले १ सय ५० मत प्राप्त गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्