Logo

सुष्माले भेटिन आफ्नो ‘सपनाको राजा’



Spread the love

नेपाली फिल्म क्षेत्रमा कुनै समय हट अभिनेत्रीको पहिचान बनाएकी सुष्मा कार्की अहिले ओझेलमा छिन् । सुष्मा कार्कीको हातमा फिल्म छैन त उनी व्यस्त पनि छैनन् । तर, विदेशमा आयोजना हुने कार्यक्रममा भने सुष्मा कार्कीको व्यस्तता घटेको छैन ।अहिले फिल्मभन्दा बढी विदेशमा हुने विभिन्न कार्यक्रममा उनी व्यस्त छिन् । हाल लन्डनमा रहेकी सुष्माले बलिउडका सुपरस्टार सलमान खानसँग प्रत्यक्ष भेट गरेकी छिन् । सुष्माले आफ्नो ‘सपनाको राजा’सँग भेटेको भन्दै फेसबुकमा तस्बिर राखेकी छिन् ।उनले आफ्नो फेसबुकमा उक्त फोटो पोष्ट गर्दै लेखेकी छिन्, ‘माई लभ’ ।

एक तश्वीर उनले सलमानको काँधमा आफ्नो शिर राखेर मज्जाले हाँसेकी छिन् भने अर्को तश्वीरमा सुष्माले सलमानको पाखुरा समातेकी छिन् । सुष्मा  सलमानसँग भेट्न पाउँदा मख्ख देखिएकी छिन् ।‘माइ लभ’ क्याप्सनसहित राखिएको उक्त फोटोमा मिश्रित प्रतिक्रिया आएपछि उनले प्रतिउत्तर दिदैं लेखेकी छिन्,‘राम्रो कमेन्ट गर्नेलाई थ्याङ्क यू सो मच, नराम्रो कमेन्ट गर्नेलाई फ***यू।’

प्रतिक्रिया दिनुहोस्