Logo

रेखा र सविनको एक्सन चलचित्र ‘हिरो रिर्टन्स’ ट्रेलर सार्वजनिक



Spread the love

कुनै समय नेपाली चलचित्रमा राज गरेकी चर्चित नायिका रेखा थापा लामो समय देखि फिल्म दुनियाबाट टाडा रहेकी थिइन् भने नेपाली चलचित्र ‘हिरो रिर्टन्स’’ बाट कम-ब्याक गरेकी छन् ।

रेखा र सविन श्रेष्ठले अभिनय गरेको चलचित्र ‘हिरो रिर्टन्स’को ट्रेलर सार्वजनिक भएको छ । ३ मिनेट २३ सेकेन्डको ट्रेलर रेखा र सबिनलाई एक्सनमा देख्न सकिन्छ ।

चलचित्रको मुख्य भूमिकामा रेखा र सविनका साथमा दिल श्रेष्ठ, सुलेमान शङ्कर, सरोज खनाल लगायतका कलाकारको अभिनय रहेको छन् । उक्त चलचित्रमा अभिनेता सरोज खनाल भिलेन अवतारमा देखिने छन् ।

चलचित्रमा चन्द्र गौतम, सहदेव गौतम र भीम न्यौपानेको लगानी रहेको छ भने कार्यकारी निर्माता अमित श्रेष्ठ हुन् । मदन काश्यप घिमिरेको छायाङ्कन चलचित्रलाई मित्र डी गुरुङले सम्पादन गरेका हुन् ।

यसको कथा, पटकथा तथा संवाद शिवम् अधिकारीले तयार पारेका हुन् भने चलचित्रलाई आशिष भेटवालले निर्देशन गरेको छन् । उक्त चलचित्र वैशाख २६ गते देखि प्रदर्शन हुँदैछ ।

हेर्नुहोस् भिडियो :

https://youtu.be/S_Jtfdcnv78

प्रतिक्रिया दिनुहोस्