Logo

छोटो चोली लगाउँदा प्रियंकाको चोलीमा सबैको फोकस (भिडियो)



Spread the love

अभिनेत्री प्रियंका कार्की तथा सौगात मल्ल स्टारर फिल्म ‘फाटको जुत्ता’ को नयाँ गीत सार्वजनिक भएको छ । बुधबार राजधानीमा एक कार्यक्रमको आयोजना गरि फिल्मको ‘चोली’ बोलको गीत सार्वजनिक गरिएको हो ।  नायिका प्रियंका र नायक सौगातको नृत्य प्रस्तुत छ ।शंकर थापाको संगीत रहेको गीतमा मिना निरौला र शंकरले स्वर दिएका छन्। निरज कँडेलको छायाँकन रहेको गीतको भिडियोमा कविराज गहतराजको कोरियोग्राफी रहेको छ।अर्जुन कुमार फिल्मस्को व्यानरमा तयार भएको फाटेको जुत्तालाई अर्जुन कुमारले निर्माण गरेका हुन्।यहि कार्तिक १७ गतेबाट अलनेपाल प्रदर्शन हुन लागेको चलचित्रमा सौगात मल्ल, प्रियंका कार्की, कामेश्वर चौरसिया, रबिन्द्र झा आदि कलाकारहरुको अभिनय रहेको छ।फाटेको जुत्तामा अष्ट महर्जनको एक्सन, दिर्घ खड्काको सम्पादन र निरोज महर्जनको लेखन छ। कमेडी जनराको निर्माण भएको यस फिल्मलाई निकेश खड्काले निर्देशन गरेका हुन्।

हेर्नुहोस् भिडियो:

 

प्रतिक्रिया दिनुहोस्