Logo

कोरोना भाइरस सङ्क्रमण भएको कसरी थाहा पाउने ? कस्ता देखिन्छन् यसका लक्षण र यसबाट बच्ने उपाय !



Spread the love

काठमाडाैं । अहिले कोरोना भाइरसको संक्रमणले हरेक व्यक्तिको मनमा त्रास उत्पन्न गराएको छ । कोरोना संक्रमण संसारभर फैलिरहेकाे छ भने नेपाल त्यसको अपवाद रहन सक्दैन । कोरोना भाइरस नेपालमा फैलियो भने यसकाे डरले मानसिक रूपमा बढी क्षति गर्नेछ ।

तसर्थ हामीहरु मानसिक रुपमा तयार हुनुपर्दछ, मनोबल उच्च राख्नुपर्छ। चीनको हुबेइ बाट उत्पन्न भएकाे भाइरस अहिले संसारभर फैलिइ सकेको छ । उक्त भाइरसको संक्रमणबाट चीनमा मात्र ३०१२ जनाकाे मृत्यु भएकाे पिपल्स डेली चाइनाले बताएको छ ।

कोरोना भाइरसको संक्रमण नेपालसहित चीनका साथै अमेरिका, हङकङ, मकाउ, ताइवान, फ्रान्स,अष्ट्रेलिया, थाइल्यान्ड, दक्षिण कोरिया लगायतका देशमा फैलिएको छ । भाइरस फैलिएपछि विश्वभरकै विमानस्थलमा सावधानी अपनाउन थालिएको छ ।

हालसम्म मानवमा देखा नपरेको र उपचारको उपाय समेत पत्ता नलागेको कोरोना भाइरस संक्रमणलाई निकै खतरनाक मानिएको छ । यस भाइरसलाई डब्ल्यूएचओले काेभिड– १९ नाम दिएकाे छ ।

हाम्रो पहिलो प्रयास कोरोना भाइरसको प्रकोपबारे जानकारी गराउने हो, रोग फैलिनु अघि सबैलाई सचेत पार्ने हो। कोरोना भाइरस पशुपंक्षी तथा सी फुडको माध्यमबाट सर्ने गर्छ । तर अहिले मानिसमा पनि यो रोगको भाइरस देखिएकाले एक व्यक्तिबाट अर्को व्यक्तिमा पनि सर्ने डा. रवीन्द्र पाण्डे बताएका छन् ।

यदी नेपालमा कोरोना भाइरसको संक्रणम देखिएमा कसरी साबधानी अपनाउने ? आज हामी तपाईलाई कोरोना भाइरसको बारेमा जानकारी दिदैछौं ।

कसरी बच्ने ?

– रुघाखोकी तथा श्वासप्रश्वासमा समस्या भएका बिरामीको नजिक नजाने
– सामान्य रुघाखोकी लागेमा नजिकैको अस्पतालमा गैर उपचार गराइहल्ने
– नियमित साबुन पानीले हात धुने,
– खोक्दा र हाछ्युँ गर्दा नाक र मुख छोप्ने,
– धेरै मान्छे भएको ठाउँमा नजाने गएपनि माक्सको प्रयोग गर्ने
जङ्गली तथा घरेलु पशुपंक्षीसँग सिधै सम्पर्क नगर्ने
– अण्डा तथा मासु राम्ररी पकाएर मात्र खाने

-नियमित मक्स प्रयोग गर्ने
– फ्लुको जस्तो लक्षण देखिए अस्पताल जाने
–कोरोना भाइरस लागेको लक्षण देखिएका मानिसदेखि टाढा बस्ने
-भीडभाडमा नजाने र बिना काम घर बाहिर नजाने
-कोरोना भाइरसको लागि गर्मी प्रतिकूल मौसम घामबाट पनि टाडा रहने
-यदि हात फोहोर भए रुमाल अथवा टिस्यु पेपरको प्रयोग गर्न
-व्यक्तिगत सुरक्षा र सरसफाइमा ध्यान दिने,
र अर्को व्यत्तिसंग हट नमिलाउ

काेराेना भाइरस संक्रमणका लक्षण

-सामान्य त्यसपछि क्रमस उच्च ज्वरो आउँछ,
– टाउको दुख्छ
-छातीमा सङ्क्रमण
– १०४ डिग्री फरेनहाइटभन्दा बढी ज्वरो आउनु
– श्वासप्रश्वासमा अत्याधिक समस्या हुनु,
– घाँटी, टाउको तथा जिउ दुख्ने
– निमोनिया हुनु,
– सिभिएर एक्युट रेस्पिरेटरी सिन्ड्रोम हुनु ।
-समयमा उपचार नभएका निमोनिया हुनु,
–सिभिएर एक्युट रेस्पिरेटरी सिन्ड्रोम हुनु,
–मिर्गौलाले काम गर्न छोड्छ र मानिसको मृत्यु हुनसक्छ।

आफु पनि बचौ र अरुलाई नि बचाऊ

प्रतिक्रिया दिनुहोस्