Logo

पाटन द्वारा सेन्ट लरेन्स कलेज ३५ रनले पराजित



Spread the love

आठौं सि.एस.आइ.टि कप अपडेट –

लिग चरणको अन्तिम दिनको पहिलो खेलमा पाटन संयुक्त क्याम्पसले जित हासिल गरेको छ । सेन्ट लरेन्स कलेजलाई ३५ रन अन्तरले हराउदै पाटन संयुक्त क्याम्पस समूह विजेता भइ क्वाटर फाइनलको यात्रा तय गरेको छ ।

टस जितेर ब्याटिङ गरेको पाटनले २० ओभरमा ७ विकेट गुमाउदै १३६ रन बनाउने क्रममा राजु शाहले अविजित ३० रन, राजिप चौधरी अविजित २५ रन सहित ८ औं विकेटका लागि ६८ रनको साझेदारी गरेका थिए । यसै गरि ओपनर रोहन खतिवडाले १७ रन योगदान गरे भने अरु बाकी खेलाडीले दोहोरो अन्क बनाउन असफल भए ।

१३७ रनको टार्गेट भेट्टाउने प्रयासमा सेन्ट लरेन्स कलेज पाटनको बलिङ सामु २० ओभरमा १०१ रन मात्र जोड्न सफल भयो । यस क्रममा पाटनका बलर चक्र उपाध्यले ४ विकेट लिए भने हिमान्सु, कृष्ण र रुपेशले १-१ विकेट लिएर पाटनलाई सजिलै जित दिलाउन महत्त्वपूर्ण भुमिका खेलेका थिए । खेलको म्यान अफ द म्याच ४ विकेट लिने पाटनका चक्र उपाध्यय भए ।

प्रतिक्रिया दिनुहोस्