Logo

गायक विदुर घिमिरेको लोक गीत “भेटौँ सानू डाँडा पारिमा” सार्वजनीक



Spread the love

काठमाडौँ – गायक विदुर घिमिरे तथा गायिका शान्तिको नयाँ गीत सार्वजनिक भएको छ । “भेटौँ सानू डाँडा पारिमा” बोलको लोक गीत बुढा सुब्बा डिजिटल प्रालिको आधिकारिक युट्युब च्यानल मार्फत सार्वजनिक भएको हो ।

सार्वजनिक गीतमा राष्ट्रिय पहिचान बनाउन सफल दौरा सुरुवाल र साडीको चर्चासँगै माया प्रेमलाई मिसाइएको छ । गीतका रचना तथा संगीत भर्ने काम कृष्ण दाहालले गरेका हुन्।
गीतको म्युजिक भिडियोमा आयुष्मा कार्की ,विदुर घिमिरे लगायतको अभिनय छ। मनोज सुवेदीको निर्देशनमा तयार भएको म्युजिक भिडियो रेशम दर्लामीले छायाँकन गरेका हुन् ।

प्रतिक्रिया दिनुहोस्