Logo

‘बाघी ३’को दुई दिनको कमाइ कति ?



Spread the love

शुक्रवारबाट विश्वभर प्रदर्शनमा आएको बलिउड चलचित्र ‘बाघी ३’ ले निकै आक्रामक व्यापार गरेको छ । उक्त चलचित्रले आज बक्स अफिसमा दुइ दिन पार गरिसकेको छ ।

टाइगर श्रफको 'बाघी ३'को दुई दिने कलेक्सन कति ?

दुई दिनमा सम्म आइपुग्दा निकै राम्रो कलेक्सन गरेको छ । चलचित्रले दुई दिनमा करिब ३३ करोड भारूको कमाइ गरेको विभिन्न सञ्चारमाध्यमहरुले जनाएका छन् । चलचित्रले पहिलोदिनमा पहिलो दिनमै नयाँ रेकर्ड राख्दै चलचित्रले १८ करोडभन्दा माथिको व्यापार गर्‍यो । पहिलो दिन रेकर्ड तोड व्यापार गरेको यस चलचित्रले दोस्रो दिन पहिलो दिन जति कलेक्सन गर्न सकेन । यद्यपि शनिवार १५ देखि १६ करोडको व्यापार गर्न सफल भयो ।

चलचित्रको मुख्य भूमिकामा अभिनेता टाइगर श्रफ र श्रद्धा कपुरसँगै रितेश देशमुख,अलावा जयदिप अलावत, विजय शर्मा आदिको अभिनय रहेको छ।

अहमद खानले निर्देशन गरेको चलचित्र संसारभर ५५ सय स्क्रिनमा रिलिज भएको थियो । निकै ठुलो रिलिज गरेको यस चलचित्रले सोचे अनुसारको व्यापार गर्न भने सकेको छैन । कोरोना भाइरसको सङ्क्रमणको त्रासले दर्शक निश्चिन्त हल सम्म पुग्न सकेका छैनन् । यसैले चलचित्रको व्यापारमा निकै असार गर्ने देखिएको छ ।

प्रतिक्रिया दिनुहोस्