Logo

मेयरमा माओवादी केन्द्रकी रिनाकुमारी साह विजयी



Spread the love

 

रौतहटको मौलापुर नगरपालिकाको मेयरमा माओवादी केन्द्रकी रिनाकुमारी साह विजयी भएकी छन् । उनी माअोवादी नेता एवम् शहरी विकास मन्त्री प्रभु साहकी पत्नी हुन् ।

भर्खरै सम्पन्न मतगणनामा साह ३ हजार ९१२ मतका साथ मेयरमा विजयी भएकी हुन् । उनका निकटतम प्रतिद्वन्द्वी संघीय फोरमका राम एकवाल राय यादवले २ हजार २०८ मत पाएका छन् ।

उपमेयरमा माओवादी केन्द्रका गौरीशंकर प्रसाद विजयी भए । उनले ३ हजार ८८९ मत पाएका छन् ।

रिनाकुमारी साह प्रदेश २ को पहिलो महिला मेयर बनेकी छिन् ।

प्रतिक्रिया दिनुहोस्