Logo

‘ऐश्वर्य’को ट्रेलर रिलिज



Spread the love

रमेश उप्रेतीको कमब्याक फिल्म ‘ऐश्वर्य’को ट्रेलर रिलिज भएको छ । घटस्थापनाको अवसर पारेर राजधानीमा एक कार्यक्रमका बिच फिल्मको ट्रेलर सार्वजनिक गरिएको हो ।सार्वजनिक ट्रेलरमा नव-नायिका दीपिका प्रसाईलाई पाउन रमेश उप्रेती र प्रशान्त ताम्राकार बिचको द्वन्द्व देखाइएको छ।यस अघि नै फिल्मको टिजर र एक गीत सार्वजनिक भइसकेको छ। सार्वजनिक फिल्मको तिमी रोएको पल बोलको गीत निकै चर्चामा छ भने टिजरलाई पनि दर्शकले रुचाएका छन्।फिल्ममा रमेश उप्रेती , दीपिका प्रसाई , केकी अधिकारी , प्रशान्त ताम्राकार , अर्जुन श्रेष्ठ , निर्मल शर्मा , तेंजु योन्जन लगायतको अभिनय रहेको छ । रमेश उप्रेती प्रस्तुतकर्ता रहेको यस फिल्ममा अर्जुन श्रेष्ठ र किरण राणा उप्रेती निर्माता रहेका छन् ।निर्मल शर्मा कार्यकारी निर्माता रहेको यस फिल्ममा लेखन तथा निर्देशन दिवाकर भट्टराईको रहेको छ । सुदीप वरालको छायाँकन रहेको यो फिल्म कार्तिक ९ मा रिलिज हुनेछ ।

हेर्नुहोस् ट्रेलर:

https://youtu.be/Zx36Glr_5uY

प्रतिक्रिया दिनुहोस्