Logo

क्वार्‍टर फाइनलमा अस्कल र पाटन विजयी



Spread the love

आठौं सि.एस.आइ.टि क्रीकेट प्रतियोगिताको आज भाएका क्वार्‍टर फाइनलका खेलहरुमा अस्कल र पाटन क्याम्पस विजयी भइ सेमी फाइनलमा प्रवेश गरेका छन् ।

आज भएको पहिलो खेलमा अस्कल क्याम्पसले प्राइम कलेजलाई जितेको हो । अस्कल कलेजले प्राइम कलेजलाई ७ विकेटले जितेको हो । प्राइम कलेजले दिएको ७९ रनको टार्गेट अस्कल कलेजले मात्र १२.३ ओभरमा चेज गरेको हो ।

अस्कल कलेजका म्यान अफ द म्याच सन्तोष राज जोशी भए । उनले ४ ओभरमा १० रन खर्चिदै ३ विकेट लिन सफल भएका थिए ।

त्यस्तै दोस्रो खेलमा पाटन कलेजले आयोजक न्यु समिट कलेजलाई ६० रनले जितेको हो । म्यान अफ द म्याच पाटन कलेजका रुपेश बुढाथोकी भए ।

उनले ४ ओभरमा १४ रन खर्चिदै ३ विकेट लिन सफल भएका थिए । त्यस्तै हिमाल ज्ञावलीले ३४ बलमा ३७ रन बनाउदै पाटन क्याम्पसका लागि सर्वाधिक रन बनाएका थिए ।

प्रतिक्रिया दिनुहोस्