Logo

म बुझ्छु बाबा !



Spread the love

“म बुझ्छु बाबा”

ऋणले धेरै गडया छ

साहुले धेरै ढडया छ

बर्खाभरी छानो चुहिया छ

छाएको खर नि कुहिया छ

आफन्तिले हेप्याछन

छिमेकीले चेप्याछन

आफ्ना भनाउदाहरुले दिएको पिडा

सबैले देख्याछन

छोराको कमाईको एउटा टोपी लाउनुभाछैन

ममिले नि छोराको कमाईको धोती पाउनुभाछैन

कहिलेकाही त दिदिले नि भाईको भर खोज्दी हो

तिहारमा कुर्ता सुरुवाल दिन्छ कि भनी बैनिले सोच्दी हो

खाजा खर्छ नभएर भोकै पर्दो हो

भाईले नि पकेट खर्छ आश गर्दो हो

बाबा हजुरको सपना पूरा गर्न

अझै सकेको छैन

तर पनि साहस छ मनमा

अह थाकेको छैन

तपाईंलाई त बिश्वास होला

आफ्नै छोरामाथी

एकदिन,

नाम कमाउला

दाम कमाउला

आफू बन्ला

आफन्त बनाउला

हजुरको स्वाभिमान

अझै बढाउला

त्यसपछि

सबैका अगाडि नाक ठुलो पार्नुला

मेरो छोरो भनेर सान पनि झार्नुला

सानो चिटिक्क घर बनाम्ला

सबै परिवार संगै रमाम्ला

हजुरले कोट पाईन्ट जुत्ता टल्काउनुला

ममिले नि छडके तिलहरी ढल्काउनुला

दिदी सहयोग चाहिए भाइ छ है भनुम्ला

रोजेकै उपहार टक्राएर बैनिलाई दक्षिणा गनुम्ला

भाईलाई पकेट खर्च भनी ५-१० हजार थमाम्ला

बस् एक सपना बाबा ममि खुशी बनाम्ला

बस् एक सपना बाबा ममि खुशी बनाम्ला

शर्मा जि प्युठान

प्रतिक्रिया दिनुहोस्