Logo

तपाईले फेसबुकका फलोअर्सलाई यसरी हटाउन सक्नु हुनेछ!



Spread the love

एजेन्सी । आफ्नो फ्रेन्ड लिस्टमा नभएका कतिपय मान्छेहरूले समेत तपाईंलाई फेसबुकमा फलो गरेको छ होला । यदि तपाईंले आफ्नो फेसबुकको प्राइभेसी सेटिङ्सलाई मजबुत बनाउनु भएको छैन भने तपाईंलाई जो कोहिले तपाईंलाई फलो गर्न सक्दछ । तपाईंले फेसबुकको प्राइभेसी सेटिंग्समा परिवर्तन गरी आफ्नो फेसबुकमा साथी नभएका फलोअर्सलाई एकमुष्ट हटाउन सक्नुहुन्छयसरी तपाईले फेसबुकका फलोअर्सलाई यसरी हटाउन सक्नु हुनेछ:
तपाईले यदि डेस्कटपमा फेसबुक लगअन गर्नुभएको छ भने पेजको दायाँ माथिपट्टि रहेको डाउन एरोमा क्लिक गर्नुहोस् र त्यहाँ देखापर्ने अप्सनमध्ये सेटिंग्स अप्सनमा जानुहोस् । सेटिंग्स अप्सनमा क्लिक गरिसकेपछि बायाँ हाततर्फ साइड बार देखा पर्दछ र त्यहाँ रहेको Public Post मा क्लिक गर्नुहोस् ।त्यसपछि देखापर्ने ड्रपडाउन मेन्यूमा रहेको Who Can follow me अप्सन अन्तर्गत रहेको Friends भन्ने अप्सन छान्नुहोस् ।

यति गरिसकेपछि अब तपाइँलाई तपाइँको फेसबुकमा साथी भएका मानिसहरूले मात्रै फलो गर्न सक्नेछन् भने साथी नभएको फलोअर्सहरू स्वतः फलोअर्सको सूचिबाट हट्नेछन् ।

यस्तै मोबाइल डिभाइसबाट फ्रेण्ड लिष्टमा नरहेका फेसबुक फलोअर्स हटाउनका लागि फेसबुक एप लगइन गरी स्क्रिनको दायाँ माथिपट्टि रहेका तिनवटा धर्काको चिन्हमा ट्याप गर्ने । त्यसपछि स्क्रोल डाउन गर्दै Settings & Privacy अप्सनमा ट्याप गर्नुहोस् । त्यसपछि ड्रपडाउन मेन्यूमा Seetings अप्सन देखा पर्नेछ, त्यसमा ट्याप गर्नुहोस् ।

त्यसपछि खुल्ने पेजमा स्क्रोल डाउन गर्दै Privacy खण्डमा जानुहोस् र Public Posts अप्सनमा ट्याप गर्नुहोस् । त्यसपछि खुल्ने Public Posts को पेजमा रहेको Who can follow me खण्डमा रहेको Friends नामक अप्सनमा ट्याप गर्नुहोस् ।

यति गरिसकेपछि फेसबुकमा साथी नभइकन तपाइँलाई फलो गरिरहेकाहरू स्वतः अनफलो हुनेछन् भने साथी नभएको नयाँ मान्छेले पनि फलो गर्न सक्नेछैन ।

प्रतिक्रिया दिनुहोस्