Logo

इस्टाग्राम स्टोरिजमा जस्तै ट्वीटरमा पनि २४ घण्टा भित्र ट्वीट आफै मेटिने!



Spread the love

एजेन्सी । ट्वीटरमा एक नयाँ फिचरको परीक्षण भईरहेको छ । अहिले ट्वीटरले यो फिचर ब्राजिलमा मात्रै परीक्षण गरिरहेको छ । उक्त फिचरमा अब इस्टाग्राम स्टोरिजमा जस्तै २४ घण्टा भित्र आफै हराउने खालका ट्वीट गर्न सकिनेछ ।

२४ घण्टामा ट्वीट आफै डिलिट हुने ट्वीटरको यो फिचरलाई fleets नाम दिइएको छ । २४ घण्टामा आफै डिलिट हुने यस्तो ट्वीटलाई रिट्वीट गर्न सकिने छैन भने त्यस्ता ट्वीटमा लाइक अप्सन पनि हुने छैन । साथै यस्तो ट्वीटरमा गरिने रिप्लाइ सामान्य ट्वीटमा देखापर्ने कमेन्ट्सको रुपमा नभै ट्वीटकर्तालाई डाइरेक्ट मेसेजको रुपमा प्राप्त हुनेछ ।

अर्थात्, यस्तो खालका ट्वीटहरुमा पब्लिक रेस्पोन्स तथा पब्लिक डिस्कसनको कुनै मौका नै हुने छैन । ट्वीटर प्रयोगकर्ताले चाहेको खण्डमा पर्सनल मेसेजलाई रिप्लाई पनि गर्न सक्नेछ । यो फिचरलाई ट्वीटरले कहिलेदेखि आधिकारिक रुपमा सार्वजनिक गर्ने हो भन्ने चाहिँ खुलेको छैन ।

प्रतिक्रिया दिनुहोस्