Logo

पाटन र एकेडेमिया फाइनलमा



Spread the love

आठौं सि.एस.आइ.टि क्रीकेट प्रतियोगिताको आज सेमिफाइनलका खेलहरु सकिदा पाटन कलेज र एकेडेमिया कलेज फाइनलमा पुगेका छन ।

सेमिफाइनलको पहिलो खेलमा एकेडेमिया कलेजले भक्तपुर क्याम्पसलाई २८ रनले जितेको छ । टस जितेर ब्याटिङ गरेको एकेडेमिया कलेजले १९.२ ओभरमा सबै विकेट गुमाउदै १२६ रन जोडेको थियो ।

१२७ रनको टार्गेट पाएको भक्तपुर क्याम्पसले २० ओभरमा ७ विकेट गुमाउदै मात्र ९८ रन जोड्न सफल भयो तर जितको लागि प्रयाप्त रहेन । खेलको म्यान अफ द म्याच चिनामणी बिश्वकर्माले पाए । उनले ४ ओभरमा १२ रन खर्चिदै ६ विकेट लिएका थिए ।

त्यस्तै आजै भएको दोस्रो सेमिफाइनलको खेलमा पाटन क्याम्पसले अस्कल कलेजलाई ४१ रनले जितेको छ ।

टस हारेर ब्याटिङ पाएको पाटन कलेजले १८ ओभरमा सबै विकेट गुमाउदै ९३ रन जोड्न सफल भएको थियो । जवाफी ब्याटिङमा उत्रिएको अस्कल कलेजले १३ ओभरमा सबै विकेट गुमाउदा मात्र ५२ रन मात्र जोड्न सक्यो र हार बेहोर्नु पर्यो । म्यान अफ द म्याच पाटन कलेजका हिमान्सु पन्त भए । उनले ३ ओभरमा १० रन खर्चिदै ४ विकेट लिएका थिए ।

भोलि आठौं सि.एस.आइ.टि क्रीकेट प्रतियोगिताको फानल खेल मुलपानी क्रीकेट मैदानमा
१०:३० देखि सुरु हुदैछ । आठौं सि.एस.आइ.टि क्रीकेट प्रतियोगितामा अफिसियल अनलाइन मिडिया पार्टनर सल्लेरी खबर रहेको छ ।


प्रतिक्रिया दिनुहोस्