Logo

बुद्ध लामा बने नेपालको पहिलो ‘नेपाल आइडल’



Spread the love

पहिलो फ्रेन्चाइज शोका रुपमा रहेको प्रतिष्ठाको पहिलो आवाज नेपाल आइडलको उपाधि पोखराका बुद्ध लामाले जितेका छन्।कतारको राजधानी दोहामा शुक्रबार राति सम्पन्न फाइनलमा लामाले नेपाल आइडलको ताज जितेका हुन । दर्शकको सबैभन्दा बढी भोटका आधारमा विजेता घोषणा गरिएको आयोजकले बताएका छन् ।

बुद्धले जितसँगै २० लाख रुपैयाँ, महिन्द्रा केयूभी १०० कार र १५ लाख रुपैयाँको एल्बम कन्ट्र्याक प्राप्त गरेका छन्। त्यस्तै निशान र प्रतापले क्रमश:१५ लाख रुपैयाँ र १० लाख रुपैयाँ पुरस्कार हात पारे। फ्रिमेन्टल मिडियाले तय गरेका आधार पूरा गर्ने नेपालको एक मात्र टेलिभिजन एपीवान एचडीमार्फत पहिलो पटक नेपालमा सुरु भएको आइडल सिरिजले सुस्ताएको नेपाली सांगीतिक क्षेत्रलाई ऊर्जा दिएको छ।

कतारको सनैयामा भएको ग्राण्ड फिनालेमा हजारौं नेपाली दर्शकहरुको सहभागिता थियो । नेपालबाट मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्य जस्ता प्रतिष्ठित कलाकार पनि लगिएको थियो । तर, प्राविधिक गडबढीका कारण एपी वानले प्रत्यक्ष प्रशारण भने गर्न सकेन् ।

प्रतिक्रिया दिनुहोस्