Logo

नायक निखिलको‘आयो भैरव’मा राजेशलाई अफर !



Spread the love

काठमाडौँ । लामो समय देखि फिल्मी दुनियादेखि टाडा रहेका महानायक राजेश हमाल र निखिल उप्रेती पुन एकसाथ देखिने भएका छन् । अभिनेता निखिल उप्रेतीले ‘भैरव’ को सिक्वेल ‘आयो भैरव’निर्माण गर्न लागेका छन् भने यसमा महानायक राजेश हमाललाई अफर गरेका छन् ।

नायक उप्रेती पनि केही समयको अन्तरालपछि बलियो चलचित्र लिएर दर्शकमाझ आउन चाहन्छन् । चलचित्रमा हमाल पनि हुँदा उनको चलचित्र बलियो बन्ने कुरामा त दुइमत छैन । नायक निखिल उप्रेतीले आफैले निर्देशन तथा अभिनय गर्ने तयारी गरेको चलचित्र ‘आयो भैरव’को बिषयमा पनि हमालसँग कुराकानी गरेका छन् ।

निखिल र हमालले लामै समय भेटेर यो चलचित्रको बिषयमा कुराकानी गरेका छन् भने माहानायक हमालले पर्दामा फर्किने सुरसार गरेका छैनन् ।

प्रतिक्रिया दिनुहोस्