Logo

आफ्नो फेसबुक पोष्ट अब इन्स्टाग्राममा पनि शेयर गर्न मिल्ने !



Spread the love

एजेन्सी । फेसबुकको योजना अनुसार, यी सोसल मिडियाका प्रयोगकर्ताहरूले एक प्लाटफर्ममा गरेका पोष्टहरू अर्को प्लाटफर्ममा सीधै शेयर गर्न सकिने सुविधा उपलब्ध हुनेछ ।

केही समय अघिदेखि इन्स्टाग्राम प्रयोगकर्ताहरूले आफ्ना इन्स्टाग्राम स्टोरीहरू फेसबुकमा पोष्ट गर्न पाउँदै आएका छन् । अब निकटभविष्यमै फेसबुक प्रयोगकर्ताहरूले आफ्ना फेसबुक पोष्टहरू इन्स्टाग्राममा शेयर गर्न पाउनेछन् ।

स्रोतको अनुसार फेसबुकले अहिले परीक्षणका लागि यो फिचर केही प्रयोगकर्ताका लागि उपलब्ध गराएको छ । जुन फिचर फेसबुक एपको Story Privacy settings को पेजमा Share Story to Instagram अप्सनका रूपमा उपलब्ध छ । फेसबुकले सुरु गर्न लागेको यो नयाँ फिचरका बारेमा फेसबुक प्रवक्ताले पनि पुष्टि गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्