Logo

कोरोना भाइरसलाई चुनौती दिदै चर्चित गायक पशुपतिले ल्याए नयाँ गीत !



Spread the love

अहिले कोरोना भाइरसको संक्रमणले हरेक व्यक्तिको मनमा त्रास उत्पन्न गराएको छ । कोरोना संक्रमण संसारभर फैलिरहेकाे छ भने नेपाल त्यसको अपवाद रहेको छैन्।

कोरोना भाइरस नेपालमा फैलियो भने यसकाे डरले मानसिक रूपमा बढी क्षति गर्नेछ भन्दै अहिले चर्चित गायक पशुपति शर्माले आफ्नो स्वरमा कोरोना भाईरस बिरुद्द जनचेतनामूलक सन्देश गीतमार्फत दिएका छन् ।

२ मिनेट ८ सेकेन्डको गीतमा कोरोना भाईरसबाट कसरी बच्ने भने देखाएका छन् भनेउक्त गीत गुड लक्स नेपाल युट्युब च्यानलमार्फत सार्वजनिक भएको छ ।

गीतमा शब्द तथा संगीत गायक पशुपति शर्माले भरेका छन् । दुर्गा पौडेलद्वारा छयांकन भएको भिडियोलाई नबिन घर्ति मगरले सम्पादन गरेका छन् भने उक्त भिडियोलाई दुर्गा पौडेलले निर्देशन गरेका छन् ।

हेर्नुहोस् भिडियो:

https://youtu.be/mML6z8bxSbI

प्रतिक्रिया दिनुहोस्