Logo

२ नम्बरीको छायांकन सुरु



Spread the love


पोखरा । दिपेन्द्र लामाको निर्देशनमा बन्न लागेको नेपाली कथानक चलचित्र २ नम्बरीको छायांकन पोखरामा सुरु भएको छ ।


चलचित्र निर्माता संघले कोरोनाको कारण छायांकन रोक्नको लागि आग्रह गरे पनि २ नम्बरी सहित परदेशी–२ र ए मेरो हजुर–४ को पनि छायांकन सुरु भइसकेको छ ।

२ नम्बरीको छायांकन ३५ दिनसम्म पोखरामा हुने बताइएको छ । दयाहाङ राई र भुटानी अभिनेत्री उगेन छोदेन छायांकनमा कैद भइसकेका छन् ।

चलचित्रमा दयाहाङ र उगेनबाहेक पल शाह, वर्षा राउत, बुद्धि तामाङ, जयनन्द लामा लगायतका कलाकारहरुको अभिनय रहने छ ।

प्रस्तुत चलचित्र दिपेन्द्रको चौथो चलचित्र हो । चलचित्र वि.सं २०७७ को जनैपूर्णिमाको दिन प्रदर्शन गरिने बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्