Logo

गोविन्द केसी १३ औं पटक आमरण अनसनमा



Spread the love

काठमाडौं– चिकित्सा क्षेत्रको समग्र सुधारको माग गर्दै वरिष्ठ चिकित्सक गोविन्द केसीले १३ औं पटक आमरण अनसन सुरु गरेका छन् ।

वरिष्ठ चिकित्सक केसीले संसदमा विचाराधिन चिकित्सा शिक्षा विधेयक तोडमोड गरेर पारित गर्न खोजिएको भन्दै पुनः आमरण अनसन सुरु गरेका हुन् ।

यसअघि उनले दशैंको अवसर पारेर आमरण अनसन स्थगित गरेका थिए। प्रमुख तीन दलले मिलेर माफियामुखी ऐन जारी गर्न लागेकाले त्यसलाई रोक्न दशैं सकिएकै दिन विहिबार अपरान्हबाट आमरण अनसन सुरु गर्नु परेको वरिष्ठ चिकित्सक केसीले बताए।

विहिबार आमरण अनसुन सुरु गर्नुअघि महाराजगंज स्थित शिक्षण अस्पतालमा पत्रकार सम्मेलन गरी उनले जनतामुखी र विद्यार्थीमुखी चिकित्सा शिक्षा ऐन ल्याउन दिइएको दवावको सरकारले सुनुवाई नगरेपछि पटक पटक आमरण अनसन बस्नु परिरहेको पनि उनले स्मरण गरे।

वरिष्ठ चिकित्सक केसीले चिकित्सा क्षेत्रको समग्र सुधारको माग गर्दै १२ पटकसम्म आमरण अनसन बसिसकेका छन् ।

प्रतिक्रिया दिनुहोस्