Logo

डिप्रेसनबाट बच्न चाहनुहुन्छ भने एकपटक योगको मार्गलाई अपनाउनुहोस् !



Spread the love

एजेन्सी । प्रत्येक व्यक्तिको जीवनमा निराशा र छटपटी चलिरहेको हुन्छ । बिस्तारै यी समस्याहरुसँग जुधेर मान्छे अघि बढ्न थाल्छ । कोही मान्छेहरु मानसिक रुपमा आइपरेका समस्याहरुमाथि प्रभुत्व जमाएर अघिबढ्छ भने त्यो मान्छे सफलताको बाटोमा लाग्छ । जसले ती समस्याहरुलाई जित्न सक्दैनन् ती व्यक्तिहरु डिप्रेसनमा जान्छन् ।

मानिसहरूसँग कुरा गर्न हिचकिचाउने, एकै समयमा निराशा र अशान्तिको वातावरण महसुस गर्ने जस्ता समस्याहरु हुन्छ । खुशी, शान्ति, सफलता आदि पनि उनीहरुलाई गलत लाग्न थाल्छ । तर, योगबाट मात्रै उदासीनता हटाउन सकिन्छ भन्ने मान्यता छ ।
बालसाना
बालसाना भन्नाले एउटा आरामदायक योगासन हो ।यो सजिलो गर्नाले तनाव र थकान कम गर्दछ ।
शवासन
यो आसनमा योग गर्नाले दिमाग शान्त रहन्छ र तनाव र निराशा जस्ता समस्याहरूलाई कम गर्दछ भन्ने मान्यता छ ।
सुखासन
सुखासन गर्दा खुशी र शान्ति मिल्छ । यो आसनले सही हिसाबले रक्त सञ्चार गर्नेदेखि दिमागबाट उदासीपना हटाउनको लागि समेत मद्दत गर्छ ।
भुजंगासन
यो आसनमा, सर्पले फणाा फिजाए जसरी आफ्नो शारीरिक अभ्यास गर्ने गरिन्छ । यसो गर्नाले डिप्रेसन हटाउादै मनलाई शान्त गराउन सकिन्छ भन्ने मान्यता छ ।
सेतुबन्धासन
यस आसनमा, शरीर पुलको आसनमा बन्धन वा प्रतिबन्धित हुन्छ । यसले मेरुदण्डमा लचिलोपन ल्याउाछ, जसले कमर दुख्ने समस्याबाट छुटकारा दिन मद्दत गर्ने मानिन्छ ।

प्रतिक्रिया दिनुहोस्