Logo

तेत्तिस दलीय मोर्चा पनि वाम एकतामा



Spread the love

काठमाडौँ | साना पार्टीको ३३ दलीय मोर्चाले नेकपा (माओवादी केन्द्र)को निर्वाचन चिह्न हँसिया हथौडामा आगामी प्रदेशसभा र प्रतिनिधिसभाको निर्वाचन लड्ने भएका छन् ।

नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र)बीच निर्वाचनमा तालमेल र पार्टी एकताको निर्णयगरेपछि मोर्चाका तर्फबाट आज सो निर्णय आएको हो । मोर्चाका तर्फबाट संयोजक युवराज सफलले अग्रगामी शक्तिका रुपमा वाम मोर्चा गठन गर्ने दुई ठूला पार्टीको निर्णयको स्वागत गर्दै माओवादी केन्द्रको निर्वाचन चिह्नमा निर्वाचनमा सहभागी हुने र चुनावी तालमेल गर्ने निर्णय भएको जानकारी दिनुभयो ।

उहाँले सम्पूर्ण देशभक्त र वामपन्थी शक्तिलाई बृहद् वाम एकताको पक्षमा उभिनसमेत आह्वान गर्नुभएको छ । यस्तै संसद्मा क्रियाशील समाजवादी जनता दल र जनजागरण पार्टी नेपालले पनि माओवादी केन्द्रको निर्वाचन चिह्नमा नै निर्वाचनमा सहभागी हुने निर्णय गरेका छन् । प्रेमबहादुर सिंह नेतृत्वको समाजवादी जनता दल र लोकमणि ढकालको जनजागरण पार्टीको संसद्मा एक-एक सदस्य छन् ।

उता नेकपा (संयुक्त)ले पनि माओवादी केन्द्रको निर्वाचन चिह्नमा नै निर्वाचनमा सहभागी हुने निर्णय गरेको छ । संयुक्तको बुधबारको बैठकले सो निर्णय गरेको नेता पदमराज जोशीले जानकारी दिनुभयो । संयुक्तले पनि बृहद् वाम एकतालाई सकारात्मक रुपमा लिँदै एकता प्रक्रियामा सहभागी हुने निर्णय गरेको छ ।

प्रतिक्रिया दिनुहोस्