Logo

हिमेश पन्तलाई “कमेडी च्याम्पियन”को ताज



Spread the love

१ चैत, काठमाडाैँ । नेपालकै पहिलो कमेडी रियालिटी शो “कमेडी च्याम्पियन“ उपाधि हिमेश पन्तले जितेका छन् ।

भोटिङका आधारमा तय गरिएको नतिजा अनुसार पन्तले अन्य २ प्रतिस्पर्धि सुमन कोइराला र खड्ग बहादुर पुन मगरलाई पछि पार्दै उपाधि आफ्नो पोल्टामा पारेका हुन् ।

प्रतियोगितामा पन्त सुरूवातदेखि उच्च प्रदर्शन गर्दै फाइनलसम्म आएका थिए । त्यसै गरी सुमन कोइराला र खड्ग बहादुर पुन मगर एक पटक आउट भएर पनि वाइल्ड कार्ड मार्फत पुनः प्रवेश गरेका हुन् ।

विजेता भएसँगै धादिङका हिमेश पन्तले रू २५ लाख सहित कार उपहार स्वरूप प्राप्त गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्