Logo

चालक र सह–चालकको ड्रग्स युरिन टेष्ट सुरु



Spread the love

मेलम्ची । वागमती प्रहरीको मेलम्चीबाट सडकमै चालक र सहचालकको ड्रग्स युरिन टेष्ट सुरु भएको छ ।

बढ्दो मात्रा सवारी दुर्घटना न्यूनीकरण गर्न वागमती प्रदेशमा पहिलो पटक सडकमै चालक र सहचालक ड्रग्स युरिन टेष्ट सुरु गरिएको छ ।

लागूऔषध नियन्त्रण गर्ने तथा सावारी दुर्घटना न्यूनिकरण गर्ने अभियान अन्तर्गत वागमती प्रदेश प्रहरी कार्यालय हेटौँडाको सहकार्यमा जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकको आयोजनामा मेलम्चीबाट सडकमै चालक र सहचालक ड्रग्स् युरिन टेस्ट सुरु गरिएको हो ।

लागूपदार्थ सेवन गरी सवारी साधन चलाउने चालकको संख्या बढिरहेको गुनासो आएसँगै दुर्घटना समेत बढ्दा त्यसको नियन्त्रणका लागि सडकमै चालक र सहचालकको ड्रग्स युरिन टेष्ट सुरु गरिएको सिन्धुपाल्चोक प्रहरी प्रमुख एसपी प्रज्वल महर्जनले जानकारी दिए ।

चेकजाँचको एक भव्य समारोहका विच वागमती प्रदेश प्रहरी कार्यालय हेटौँडाका निमित्त प्रमुख किशोरकुमार दाहाल र सिन्धुपाल्चोक प्रहरी प्रमुख एसपी प्रज्वल महर्जनले सवारी चालकलाई चेकजाँच किट प्रदान गर्दै सडकमै चालक र सहचालकको ड्रग्स युरिन टेष्ट सुरु गरेका थिए ।

मादक पदार्थ सेवन गर्दा समातिने डर भएपछि चालकहरुले लागु पदार्थ सेवन गर्न थालेको सूचना प्राप्त भएसँगै टेष्ट गर्ने काम थालिएको एसपी मर्हजनको भनाई छ ।

“ब्रेथलाईजरबाट लागु पदार्थ सेवन गरेको पत्ता लाग्दैन, त्यसैले लागूपदार्थ गर्नेको संख्या बढेको देखियो, अनि यहाँ ठुला दुर्घटना पनि भए एसपी महर्जनले भने अब मापसे र लापसे जाँच एकै साथ गर्न सक्छौँ, जसको कारण दुर्घटना न्यूनिरकरण गर्न सकिने छ । अकालमा ज्यान जाने जोखिम कम हुनेछ ।”

सवारी दुर्घटना न्यूनीकरण गर्ने अभियान कै रुपमा सञ्चालित यस कार्यक्रमलाई अब वागमती प्रदेश पाँच अन्तर्गतकाे १० वटै जिल्लाको सडकमै चेकजाँच निरन्तर हुने वागमती प्रदेश प्रहरी कार्यालय हेटौँडाका निमित्त प्रमुख किशोरकुमार दाहालले बताए ।

सवारी दुर्घटना न्यूनीकरण गर्न सवारी चालकहरुले लागु पदार्थ सेवन गरे नगरेको बारे जानकारी लिन ट्राफिक प्रहरी, ईलाका प्रहरी कार्यालय मेलम्चीलाई समेत अग्रसर गराउदै गरिएको चेकजाँचले सवारी दुर्घटना न्यूनीकरण कम गर्ने एसपी महर्जनको विश्वास छ ।

उनका अनुसार वागमती प्रदेशमा ड्रग्स युरिन टेष्ट किटबाट सडकमा जाँच गरिएको यो पहिलो पटक हो । यस्तै यहाँबाट छुट्ने छोटो तथा लामो दूरीका सवारी साधनका चालकलाई प्रशिक्षणसँगै यस्तो अभियान थालिएको प्रष्ट पारे ।

प्रतिक्रिया दिनुहोस्