Logo

प्रचण्ड र ओली युग पुरुष: नवराज सिलवाल



Spread the love

नेपाल प्रहरीका निवर्तमान डिआईजी नवराज सिलवालले एमाले अध्यक्ष केपी ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई युग पुरुषको संज्ञा दिएका छन् ।

शुक्रबार बुद्धनगरस्थित एक पार्टी प्यालेसमा आयोजित कार्यक्रमबाट एमाले प्रवेश गरेका सिलवालले कार्यक्रमलाई सम्बोधन गर्दै हालै भएका एमाले–माओवादीबीचको चुनावी तालमेल हुँदै पार्टी एकतासम्म पुग्ने निर्णयको स्वागत गरे। उनले प्रमुख दुई बाम शक्तिबीच एकता भएकै बेला आफू एमाले प्रवेश गर्न पाउनु गर्वको विषय भएको सुनाए।

सिलवालले प्रहरी सेवामा रहँदा राजनीतिमा आउनेबारे कहिल्यै नसोचेको भन्दै राजनीतिले आफूमाथि हस्तक्षेप गरेकाले राजनीतिमाथि हस्तक्षेप गर्न एमाले प्रवेश गरेको तर्क गरे । ‘मलाई राजनीतिले हस्तक्षेप गरेको हुनाले मैले राजीनीतिमाति हस्तक्षेप गर्नुपर्ने अवस्था आयो’, उनले भने, ‘राजनीतिमा सक्रिय हुन एमालेजत्तिको योग्य पार्टी मैले देखिन ।’

सिलवालले आफूमाथि राज्यले घोर अन्याय गरेकाले अस्तित्व बचाउन पनि एमाले हुनुपरेको तर्क गरे। आफू हिजोसम्म राज्यको इमान्दार सिपाही रहेको र आजबाट एमालेको सिपाही भएको उल्लेख उनले गरे ।

‘हिजोसम्म राज्यको बफादार सिपाही थिएँ, अब एमालेको इमान्दार सिपाही भएको छुु,’ उनले भने । उनले पार्टीले दिएको जिम्मेवारी इमान्दारीपूर्वक पूरा गर्ने बताए।

प्रतिक्रिया दिनुहोस्