Logo

गौतम बुद्ध क्रिकेट रंगशालालाई ‘सामाजिक परिवर्तनमा युवा’ को एक लाख सहयोग



Spread the love

धुर्मुस सुन्तली फाउन्डेसनले बनाउँदै गरेको गौतम बुद्ध अन्तराष्ट्रिय क्रिकेट रंगशाला निर्माणको लागि सामाजिक परिवर्तनमा युवा नामक संस्थाले सहयोग गरेको छ । संस्थाले भरतपुर महानगरपालिका, चितवनमा बन्दै गरेको रंगशालाको लागि श्रमदान सहित आर्थिक सहयोग गरेको छ ।

गत चैत्र १ गते एक लाख एक हजार एक सय ११ रुपैयाँ बराबरको नगद संस्थाका अध्यक्ष निराजन क्षेत्री तथा उहाँको टिमले फाउन्डेसनका अध्यक्ष तथा सिताराम कट्टेल (धुर्मुस) लाई प्रदान गर्नुभयो । सहयोग रकम संस्थाले विभिन्न कलेज, संघसंस्था तथा व्यक्तिहरुबाट संकलन गरेको संस्थाका सक्रिय सदस्य तथा सहयोग संकलन अभियानको नेतृत्व गर्नुभएका समाजसेवी युवा विधार्थी तेजेन्द्र विक्रम कार्कीले सल्लेरी खबरसँग बताउनुभयो ।

राष्ट्र निर्माणमा युवाको भूमिका उल्लेखनीय रहनुपर्छ भन्ने संस्थाको मान्यता रहेको अध्यक्ष क्षेत्रीले बताउनुभयो । आफ्नो संस्थाले विभिन्न किसिमका सामाजिक कार्यहरू गर्दै आएको र आउँदा दिनहरूमा पनि यस्ता सामाजिक कार्यहरू गर्ने प्रतिबद्धता जनाउँदै सम्पुर्ण युवा बर्गलाई पनि यस्ता कार्यमा संलग्न हुन आह्वान गर्नुभयो । अभियान सफल पार्न सहयोग गर्ने स्वयंसेवक, क्याम्पस, विद्यार्थी लगायतलाई धन्यवाद समेत दिनुभयो । राष्ट्रको गौरवसँग जोडिएको रंगशाला निर्माणमा सहयोग गर्न पाउँदा गौरवान्वित महसुस गरेको पनि उहाँले उल्लेख गर्नुभयो ।

प्रतिक्रिया दिनुहोस्