Logo

सिनेमा हल बन्द हुने अवस्थामा



Spread the love


काठमाडौं । विश्वभर सन्त्रास फैलाइरहेको कोभिड–१९ अर्थात् कोरोना भाइरसको असर नेपाली सिनेमा हलमा पनि देखिएको छ । सिनेमा हल बन्द नगर्ने निर्णय गरे पनि दर्शक र चलचित्रको अभावले सिनेमा हल बन्द हुने अवस्था आउँदैछ ।

म यस्तो गीत गाउँछु–२, नीरफूल र हिन्दी कथानक चलचित्र सूर्यवंशीले प्रदर्शन मिति सारेका छन् । कोरोनाको कारणले नै हलिउड तथा बलिउडका चलचित्रहरु पनि पछि सरेका छन् । अप्रिलमा प्रदर्शन गरिने भनिएको जेम्स बोन्ड सिरिजको हलिउड चलचित्र नो टाइम टु डाइ नोभेम्बरमा सरेको छ ।

भारतमा पनि सिनेमा हल बन्द गर्न थालिएको छ । मार्च १२ मा प्रदर्शनमा आएको हिन्दी कथानक चलचित्र अङ्ग्रेजी मिडियमलाई पुनः प्रदर्शनमा राखिने होमी अदजानियाले बताएका छन् ।

नेपाली सिनेमा हलका सञ्चालकहरुले सेनिटाइजरदेखि सरसफाइमा विशेष ध्यान दिए पनि दर्शक र चलचित्रको अभावले सिनेमा हल बन्द अवस्थामा पुग्ने बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्