Logo

यसरी राख्नुहोस् गर्मीमा स्वास्थ्यको ख्याल !



Spread the love

गर्मी सुरु भएसँगै हामी पसिना, डिहाइड्रेसन, अल्छिपना तथा आलस्यता जस्ता लक्षणहरु अनुभव गर्न थाल्छौं । गर्मी मौसममा खानपिनको तालमेल मिनाउन सकियो भने, मौसम अनुसारको डाइटका साथै आफ्नो फिटनेस दिनचर्यालाई सन्तुलित राखियो भने हामी स्वस्थ र निरोगी रहन सक्छौं ।

शरीरबाट बढी पसिना निस्किएर छाला लगातार भिजिरहे त्यो आफैँमा एक प्रकारको रोग बन्छ। गर्मी मौसममा चर्काे घामका कारण हामीलाई छालाजन्य विभिन्न रोग पनि लाग्ने गर्छन्। गर्मी मौसममा गोलभेंगा, पालुंगो, लौकाजस्ता तरकारी खानुहोस् र यिनीहरुमा कम क्यालोरी हुन्छ र एसिडीटीजस्ता समस्या समाधान हुन्छ । यी तरकारीले गर्मीमा चिसो बनाउन मद्दत गर्छ ।

जूस, दही, लस्सी, मही, कागती पानी, बेलको सर्बत, नरिवल पानीजस्ता तरल पदार्थ बढी खानुपर्छ । चिया तथा कफीबाट भने सकेसम्म टाढै हुनुहोस् । यिनमा भएका क्याफिनले शरीरलाई डिहाइड्रेट बनाउँछ । गर्मीबाट शरीरलाई यसरी जोगाउनुहोस्:
-विहान उठेको एक-डेढ घन्टाभित्र केही न केही खानुपर्छ अथवा ग्रीन टि सेवन गर्नुपर्छ । थोरै -थोरै समयको अन्तरालमा खाने गरेमा ओवर इटिङबाट बच्न सकिन्छ । बिहानको सुरुवात मन तातो पानीमा कागतीको रस र महसित गर्नु राम्रो हुन्छ ।
-गर्मीको मौसममा घरमा ग्लुकोज, इलेकट्रोवियन, जीवनजल, पुदिना आदि राख्नुपर्छ ।
-बाहिर घामबाट फर्केपछि तुरुन्तै फ्रिजको पानी पिउनु हुँदैन ।
-मिठाई खान मन लाग्यो भने फलफूल खानु पर्छ ।
-अत्याधिक चिसो पेय पदार्थबाट टाढा रहनुपर्छ ।
-पचाउन सजिलो हुने तथा हल्का सब्जी खानुपर्छ ।
-बिहान ६ देखि सात बजेसम्मको समय मर्निङ वाक सबैभन्दा उपयुक्त हुन्छ । बेलुकी खाना खाएपछि पनि १५–२० मिनेट हिडडुल गर्नाले गर्मीमा शरीरलाई फिट राख्न मद्दत गर्छ ।
-गर्मीमा ताजा खाना खानुपर्छ र स्वस्थ रहनुपर्छ । गर्मीमा तुरुन्त पकाएको भोजन नै खानुपर्छ । कारण यो मौसममा विशेषगरी टमाटर, आलु, हरियो सागपात र दाल चाँडै बिग्रने गर्दछ ।
-गर्मीमा दैनिक रूपमा कम्तिमा दिनको तीन लिटर पानी पिउनुपर्छ । व्यायाम अथवा शारीरिक अभ्यासभन्दा पहिला र पछि पनि पानी अथवा तरल पदार्थ पिउनु पर्छ ।
-डाइटमा सुप तथा फलफूलको मात्रा बढाउनुपर्छ । मसलदार खाना कम खानुपर्छ ।

प्रतिक्रिया दिनुहोस्