Logo

प्रदेश २ को राजधानी र नामाकरण तोक्नका लागि मतदान सुरु



Spread the love

४ चैत्त, जनकपुरधाम। प्रदेशसभामा प्रदेश नम्बर २ को नामाकरणको लागि मतदान शुरु भएको छ । पाँचवटा दलको प्रतिनिधित्व रहेको प्रदेश नम्बर २ को प्रदेशसभामा नामाकरणका लागि चारवटा प्रस्ताव दर्ता गराइएको छ । नाम र राजधानीसम्बन्धी विभिन्‍न प्रस्तावमा सात पटक निर्वाचन हुने भएको छ ।

अहिले नेकपाले राखेको जानकी प्रदेशका लागि मतदान शुरू भएको र यो प्रस्तावमा दुई तिहाई मत प्राप्त नभए दोस्रो प्रस्तावका लागि पुनः मतदान हुनेछ ।

प्रदेशको नामाकरणका लागि चार वटा प्रस्ताव दर्ता गरिएको छ । सत्तारूढ समाजवादी र राजपाले मधेस, नेकपाले जानकी, कांग्रेसले मिथिला भोजपुरा र केही सांसदले मध्य मधेश प्रस्ताव गरेका छन् । यस्तै, स्थायी राजधानीका लागि तीन वटा प्रस्ताव दर्ता भएको छ ।

प्रतिक्रिया दिनुहोस्