Logo

उम्मेदवार बन्न कर्मचारीको लर्को



Spread the love

राजनीति तथा राजनीतिक पदका लागि हुने निर्वाचनमा भाग लिन नपाउने निजामती ऐनको स्पष्ट प्रावधानलाई चुनौती दिँदै दर्जनौं कर्मचारी प्रदेशसभा एवं केन्द्रीय संसद्का लागि दलका तर्फबाट समानुपातिकमा धमाधम सिफारिसमा परेका छन् ।

विभिन्न दलबाट दर्जनौं कर्मचारी आसन्न दुवै सभा नर्वाचनका लागि समानुपातिकमा सिफारिसमा परिसकेका छन् भने सिफारिसमा पर्ने क्रम जारी रहेको कर्मचारीसम्बद्ध संगठनले बताएका छन् ।

ती कर्मचारीले निजामती सेवा ऐनविपरीत राजनीतिमा प्रत्यक्ष रूपमा सहभागी हुने उद्देश्यसाथ आफू निकटको दललाई प्रभावमा पारी समानुपातिकबाट सिफारिस गर्न लगाएका हुन् । कर्मचारीकै रुचि र दबाबमा उनीहरूनिकट दलले धमाधम सिफारिस गर्न थालेको स्रोतले जनाएको छ ।यो खबर आजको अन्नपुर्ण पोष्टमा छ ।

निजामती सेवा ऐनको आचरणसम्बन्धी महलअन्तर्गत दफा ४४ मा निजामती कर्मचारीले राजनीतिमा भाग लिन नपाइने उल्लेख छ भने सोही ऐनको दफा ४९ मा निजामती कर्मचारीले कुनै पनि राजनीतिक पदका लागि हुने निर्वाचनमा भाग लिन वा कसैको निमित्त मत माग्न वा कुनै प्रकारको प्रभाव पार्न नहुने उल्लेख छ ।

चौबीसै घन्टा देश र जनताको सेवामा समर्पित हुने शपथ खाएर निजामती सेवामा प्रवेश गरेका कर्मचारी निजामती सेवा ऐनका ती दुवै प्रावधानलाई उल्लंघन गर्दै हाकाहाकी राजनीति गर्दै राजनीतिक दलबाट समानुपातिक कोटामा सिफारिसमा पर्न थालेका हुन् ।

प्रतिक्रिया दिनुहोस्