Logo

प्रदेश २ को नामाकरण : कांग्रेस र नेकपा दुबैको प्रस्ताव अस्वीकृत



Spread the love

४ चैत, जनकपुरधाम । प्रदेशसभाले प्रदेश २ को नाम मिथिला-भोजपुरा राख्ने नेपाली कांग्रेसको प्रस्ताव पनि अस्वीकृत गरेको छ । यसघि नेकपाले प्रस्ताव गरेको नाम जानकी अस्वीकृत भएको थियो ।

सोमबार भएको मतदानमा कांग्रेसको प्रस्तावको पक्षमा २८ मत पर्‍यो भने विपक्षमा ७९ मत खसेको छ । प्रदेश सभामा कांग्रेसको १९ जना सांसद छन्, तर ९ मत बढी परेको छ । प्रदेश २ को नामाकरणका लागि प्रदेशसभामा दर्ता गराइएका चार प्रस्तावमध्ये नेकपाले गरेको पहिलो प्रस्तावमा जम्मा ३७ मत आएको छ।

१०७ सांसद रहेको सो प्रदेश सभामा राजधानीको नाम स्वीकृत हुन दुई तिहाई अर्थात ७२ मत आवश्यक पर्छ।

प्रतिक्रिया दिनुहोस्